+
+

रुपन्देहीबाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १६:२६

७ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र २ मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । गुप्ताले नेपाली कांग्रेसका फखरुद्दिन खानलाई पराजित गर्दै विजयी भएका हुन् ।

गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याएर विजयी हुँदा खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । गुप्ता सथानीय चुनावअघि एमालेमा थिए ।

एमालेबाट मेयरको टिकट नपाएपछि उनी जनमत पार्टीमा प्रवेश गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार भएर दोस्रो हुंदै पराजित भएका थिए ।

गुप्तासंग पराजित खान २०७४ को चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेश सभामा पार्टीको संसदीय दलको प्रमुख सचेतक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?