+
+

यु-१९ राष्ट्रिय क्रिकेटमा वागमतीको विजय सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १६:५३

७ मंसिर, काठमाडौं । वागमती प्रदेशले गण्डकी प्रदेशलाई ७४ रनले पराजित गर्दै बुधबारदेखि सुरु भएको यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उद्घाटन खेलमा अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बावजुद पनि गण्डकीले २९४ रनको लक्ष्य भेट्टाउन सकेन । गण्डकी ४५.४ ओभर खेल्दै २१९ रनमा अलआउट भयो ।

अर्जुन शतक बनाउनबाट दुई रनले चुके । ओपनिङ गर्दै ४४ औं ओभरसम्म क्रिजमा टिकेका उनले ११९ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गर्दै ९८ रन बनाए । अन्य ब्याटरले खासै सम्झनलायक प्रदर्शन गर्न सुकेनन् ।

पहिलो विकेटका लागि अर्जुनले सोहेल कुँवरसँग ४८ रनको साझेदारी गरेका थिए । यस्तै चौथो विकेटका लागि सिब्रिन श्रेष्ठसँग गरेको ५२ रनको साझेदारी नै ठूलो साझेदारी बन्यो ।

सिब्रिनले २१ रन बनाए । गोविन्द बिक, करन पंगेनी र कप्तान सुवास भण्डारीले समान १३ रन जोडे ।

बागमतीका लागि कप्तान अशोक पौडेलले ३ तथा सक्रिय कार्की, ओमकार यादव र प्रतीक श्रेष्ठले समान २ विकेट लिए । अभिषेक कोइरालाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४८.१ ओभरमा सबै विकेट गुमाएर २९३ रन बनाएको थियो । बागमतीका लागि विकेटकिपर उत्तम मगरले सर्वाधिक ८७ रन बनाए । ७० बल खेलेका उनले १० चौका ३ छक्का प्रहार गरे ।

यस्तै योगेश भाटले ४२ बलमा ५२ रन जोड्दा ५ चौका र ३ छक्का प्रहार गरे । ओमकार यादवले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३७ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।

गण्डकीका सुदीप अर्याल र निर्तेश गिरीले ३-३ विकेट लिए । सुवास भण्डारी, अर्जुन कुमाल र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा वाइ वाइको प्रायोजनमा भएको यु-१९ क्रिकेटमा सात प्रदेशको सहभागिता छ ।

सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा हरेकले एक बपसमा खेलेपछि शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा बिहीबार दुई खेल हुनेछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली र सुदूरपश्चिमबीच खेल हुनेछ । यस्तै मुलपानी मैदानमा गण्डकीले प्रदेश १ सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?