+

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

२०७९ मंसिर  ८ गते १६:३६ २०७९ मंसिर ८ गते १६:३६
यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कर्णलीले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २६.२ ओभरमा ५ विकेट गुमाई लक्ष्य पूरा गरेको हो ।

सुदूरका लागि मिलन बोहराले ४७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

ओपनर दीपक बोहराले १६ बलमा २ चौका र १ छक्कासहित २०, विशाल ऐर ९, अनुराग सिंह १० र दीपक बोहराले २० रन बनाए । गजेन्द्र बोहरा ४ र सुनिल चन्दले १३ रन बनाए ।

कर्णालीका तीव्र गतिका बलर अनुज चनाराले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । सन्दीप शाही र मोहन विकले एक एक विकेट लिए ।

त्यसअघि, त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली ३२.३ ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो । कर्णालीका लागि दिनेश अधिकारी ३२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाउँदै अविजित रहे ।

ओपनर सुवास ऐर ३५ बलमा ४ चौका र १ छक्कासहित ३० रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । कर्णालीको सुरुवात उत्कृष्ट रहेपनि मध्यक्रमका ब्याटर चल्न नसक्दा कर्णाली सस्तैमा समेटिएको थियो । कर्णालीका लागि ओपनर विपिन रावल र सुवास ऐरले पहिलो विकेटका लागि ९.४ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

राम्रो सुरुवात गरेपनि कर्णालीले ५१ रन जोड्न ९ विकेट गुमाएपछि ९९–९ को दयनीय अवस्थामा पुगेको थियो ।

सुदूरपश्चिमका लागि मिलन बोहराले ७.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । नरेन्द्र साउदले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी र कैलाश ऐरले एक एक विकेट लिए ।

यू-१९ राष्ट्रिय क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय