+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १८:४१

काठमाडौं । ज्ञानगुन प्रकाशनले पत्रकार ध्रुवहरि अधिकारी र साहित्यकार गोविन्द गिरी प्रेरणालाई सम्मान गरेको छ ।

समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिका बारेमा विशेष अंक र ग्रन्थ प्रकाशन गर्दै आएको ज्ञानगुनले यस वर्ष अधिकारी र गिरीलाई रुक्मणिराज सिवाकोटीको नाममा स्थापित सम्मान प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुलाई पूर्वप्रधानन्यायाधीश टोपबहादुर सिंहले सम्मानपत्र प्रदान गरे । त्यस अवसरमा सम्मानित प्रतिभाको ज्ञानगुनका कुरा विशेषांक समेत विमोचन गरिएको थियो ।

साथै कमल दीक्षित स्मृति अंक, न्यायमूर्ति जोन मार्सल स्मृति अंक, ज्ञानमणि नेपाल अंक, विश्वनाथ उपाध्याय स्मृति अंक, टोपबहादुर सिंह अंक, समाजसेवी रूक्मणिराज सिवाकोटी स्मृति पुष्प लगायत १० पुस्तकको समेत विमोचन गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?