
काठमाडौं । काठमाडौंमा जारी दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन आएका दुई विदेशी कलाकारको राहदानी हराएको छ ।
स्पेनका अभिनेता डुरान रोजस पाब्लो र इटालीकी अभिनेत्री कोस्टा डायनाले आफूहरुको राहदानी हराएकाले खोजिदिन आग्रह गर्दै नेपाल पर्यटन बोर्डको पर्यटक प्रहरीमा निवेदन दिएका छन् ।
उनीहरुको राहदानी हराएको जानकारी पर्यटक प्रहरीमा आएको प्रहरी सहायक निरीक्षक विक्रान्त थापाले पुष्टि गरे ।
उनीहरुलाई नेपाल ल्याएको मण्डला थिएटरले सूचना जारी गर्दै राहदानी हराएकाले यात्रामा समस्या आएको जनाएको छ । हराएको राहदानी फेला परे मण्डला थिएटरमा दिन उसले आग्रह गरेको छ । निटफेस्टका मिडिया संयोजक केदार श्रेष्ठले हराएको राहदानी खोजिदिन भन्दै नेपाल पर्यटन बोर्डको पर्यटन प्रहरीमा निवदेन दिएको बताए ।
पाब्लो र डायनाको नाटक ‘मिस्टर एण्ड मिसेस क्रास्ट’ महोत्सवमा मञ्चन भएको थियो भने उनीहरुले नाटकसम्बन्धी दुईवटा कार्यशाला पनि चलाएका थिए ।
प्रतिक्रिया 4