+
+

समूह जी प्रिभ्यु : नकआउट चरणमा पुग्न सर्विया र स्वीट्जरल्याण्डको निर्णायक खेल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते ११:५६

१६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज राति पौने १ बजे समूह जीका अन्तिम दुई खेल हुनेछन् । जसमा पाँच पटकको च्याम्पियन ब्राजिल र क्यामरुन तथा दुई युरोपियन टिम सर्विया र स्वीट्जरल्याण्ड भिड्नेछन् ।

ब्राजिल यसअघि नै समूहको दुई खेल जित्दै अन्तिम नकआउट चरणमा पुगिसकेको छ । अब स्वीट्जरल्याण्ड, क्यामरुन र सर्बिया बाँकी एक स्थानको लागि प्रतिस्पर्धामा छन् ।

ब्राजिल दुई खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । स्वीट्जरल्याण्ड ३ अंकसहित दोस्रोमा छ भने क्यामरुन र सर्बियाको समान १ अंक छ ।

अन्तिम १६ पुग्न कुन टिमलाई के चाहिन्छ ?

ब्राजिल यसअघि नै नकबउट चरणमा पुगिसकेकोले खासै दबाब हुनेछैन । मुख्य खेलाडी नेइमारसहित डानिलो र अलेक्स सान्ड्रो चोटका कारण क्यामरुन विरुद्ध खेल्ने छैनन् ।

त्यसैले ब्राजिलले नकआउट चरण अघि अरु खेलाडीलाई अवसर दिने सम्भावना पनि छ । ब्राजिलका प्रशिक्षक टिटेले बेन्चमा रहेका खेलाडीलाई अवसर दिने बताएका छन् । टिममा रहेका २६ मध्ये ७ खेलाडीले अहिलेसम्म खेलेका छैनन् । दोस्रो रोजाईँका गोलकिपर एडरसन, भेट्रान डानी अल्भ्ज, फाविन्हो, एन्टोनी, गाब्रीएल मार्टिनेली लगायतले पहिलो रोजाईँमा खेल्ने सम्भावना छ ।

क्यामरुन विरुद्ध बराबरीले पनि ब्राजिल समूह जी को विजेता बन्नेछ । क्यामरुन विरुद्ध ब्राजिल पराजित भए पनि अर्को खेल बराबरीमा सकिए ब्राजिल समूह विजेता बन्नेछ ।

क्यामरुनको लागि भने अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न जित नै आवश्यक छ । त्यसका लागि स्वीट्जरल्याण्ड पनि सर्वियासँग पराजित हुनुपर्नेछ ।

स्वीट्जरल्याण्ड र सर्विया पनि अन्तिम १६ मा पुग्नका लागि निर्णायक खेल खेल्नैछन् । यी दुई मध्ये जित्ने टिम अन्तिम १६ मा पुग्नेछ ।

स्वीट्जरल्याण्डले जित हात पारे सिधै अन्तिम १६ मा पुग्नेछ । सर्वियाले भने स्वीट्जरल्याण्डलाई पराजित गरेमा अर्को खेलको नतिजा पनि पर्खनुपर्नेछ । यदी ब्राजिलले क्यामरुनलाई पराजित गरेका भने सर्विया जितसहित अन्तिम १६ मा पुग्नेछ ।

स्वीट्जरल्याण्ड र सर्वियामा पराजित हुने टिम भने समूह चरणबाटै बाहिरिनेछ । यदी सर्विया र क्यामरुन दुवैले आफ्नो खेल जितेमा समान ४ अंक हुनेछ र यस्तोमा गोल अन्तर निर्णायक हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?