+
+

‘जुठे’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा, बल्छी धुर्वे भन्छन्- अर्गानिक कथालाई दर्शकले रुचाए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १२:५२

काठमाडौं । टेलिभिजन शृंखला ‘जुठे’ केही दिनयता युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ । बुधबार मध्यान्हसम्म सिरिजको ८८ औं भागलाई १८ लाख पटक हेरिएको छ ।

भाइरल कन्टेन्टले ट्रेन्डिङ ओगटिरहँदा अर्गानिक कथावस्तुमा बनेको हास्यव्यंग्य र सामाजिक सिरियलले शीर्षस्थान ओगट्नु उत्साहजनक हो । ‘हामीले यसलाई अर्गानिक कथावस्तुप्रति दर्शकको रुचिको रुपमा लिएका छौं,’ बल्छी धुर्वे नामले परिचित अभिनेता तथा निर्देशक मरिचमान श्रेष्ठले अनलाइनखबरसँग भने ।

उनी अगाडि भन्छन्, ‘यो कथा आयातीत होइन । गाउँले जीवनशैलीमा हामीले कथा बुनेका छौं । यसलाई दर्शकले रुचाउनुभएको छ । कमेन्ट राम्रो पाएका छौं ।’

लमजुङको राइनास नगरपालिकाको परिवेश र आञ्चलिकतालाई ‘जुठे’ सिरिजले समावेश गरेको छ । साथै, विश्वकप फुटबल, चुनावजस्ता सामयिक घटनाक्रमको कथावस्तुबारे पनि एपिसोड बनेका छन् । सिरिजलाई हिमालय टीभीसहित युट्युबमा मास्टर टीभी च्यानलमार्फत रिलिज गर्ने गरिएको छ ।

मरिचमान र राजु पौडेलले संयुक्त रुपमा सिरिजलाई निर्देशन गरिरहेका छन् । ‘जुठे’मा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?