+
+

विश्वकप हेर्न कतार जाने दर्शक अनुमान गरेभन्दा कम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १५:०९

२२ मंसिर, काठमाडौं । विश्वकप फुटबल हेर्न १२ लाख दर्शक कतार पुग्ने पुग्ने अनुमान गरिए पनि दुई हप्तामा जम्मा ७ लाख ६५ हजार दर्शकले मात्र कतार भ्रमण गरेका छन् ।

एक महिना चल्ने विश्वकपमा १२ लाख मानिसहरुले कतार विश्वकप घुम्ने आकलन गरिएको थियो । जस अनुसार विश्वकपमा समूह चरणका खेल हेर्न सबैभन्दा बढी दर्शक हुने समय हो । यस समयमा ७ लाख ६५ हजार मात्रै हुनु भनेको आयोजकले गरेको १२ लाखको अपेक्षासँग मेल नखानु हो ।

विश्वकपमा सहभागी ३२ मध्ये अब ८ राष्ट्र मात्रै छन् । विश्वकपको ६४ मध्ये अब ८ खेल मात्रै बाँकी छन् । २० नोभेम्बरबाट सुरु भएको विश्वकपमा अबको खेलमा ८ टिमका समर्थक मात्र कतार पुग्नेछन् । सबैभन्दा बढी समर्थकको चाप हुने समयमा अपेक्षित समर्थकको भिड भने कतारमा देखिएन ।

आयोजकका अनुसार २४ देखि २८ डिसेम्बर सर्वाधिक मानिसको चाप हुने अनुमान गरिएको थियो ।

३२ टिमले हरेक दिन चार खेल खेल्दै गर्दा हरेक टिमका समर्थक कतारमा आउँदा घुँइचो बढ्ने अनुमान गरिएको हो ।

प्रतियोगिता आयोजक सुप्रिम कमेटी फर डेलिभरी(एसीसी) ले ७ डिसेम्बरमा तयार पारेको प्रतिवेदन अुनसार गत १७ दिनमा ७ लाख ६५ हजार ८५९ अन्तर्राष्ट्रिय दर्शकले कतार भ्रमण गरेका छन् । जसमध्ये आधाभन्दा धेरैले कतार छाडिसकेका छन् ।

मध्य पूर्वी एसियामा पहिलो पटक आयोजना भएको यो प्रतियोगितामा टिकट, होटल खर्च र मदिरा निकै महंगोे छ ।

अनुमान गरिएको अनुसार दर्शक नआएका कारण सानो क्षेत्रफलमा धेरै आवादी हुने र बस्ने खानेदेखि लिएर भिडभाड र ट्राफिक जामको झन्झट भने खासै भएन ।

आगन्तुकको भिडले कतारमा आवासीको आवादीमा २५ प्रतिशतले बढेको छ ।

आयोजक भन्छन्, ‘प्रतियोगितामा अझै एक हप्ता बाँकी छ । क्वाटरफाइनलमा स्थान बनाएका देशका समर्थकहरु भित्रिने क्रम सुरु भएको छ ।’

गल्फ राष्ट्रहरुबाट आगमन प्रतिबन्ध हटाएपछि पनि दर्शकहरुको आगमन बढेको कतारी अधिकारीले बताए । हालसम्म भएका ५२ खेलमा २.६५ मिलियन दर्शकले रंगशाला भ्रमण गरेको तथ्याङ्क सार्वजनिक भएको छ । फिफाका अनुसार २०१८ मा रसियामा भएको विश्वकपको तुलनामा कतारमा दर्शक उपस्थिति बढी हो ।

– द गार्जियनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?