+
+

विश्वकपका चलिरहँदा आप्रवासी कामदारको मृत्यु भएकोमा फिफाद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १५:१७

२२ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप क्रममा एकजना आप्रवासी मजदूरको निधन भएकोप्रति विश्व फुटबल महासंघ फिफाले गहिरो दुःख व्यक्त गरेको छ ।

द एथलेटिककाको समाचारअनुसार साउदी अरबको टिमले प्रशिक्षण शिविरका रुपमा प्रयोग गरेको एक रिसोर्ट मर्मतका क्रममा फिलिपिन्सका नागरिकको मृत्यु भएको थियो ।

फिफाले घटनाको विवरण सार्वजनिक नगरे पनि दुर्घटनामा गैरकतारी मजदूरको निधन भएको पुष्टि गरेको हो । घटनाको पूरा विवरणका लागि स्थानीय अधिकारीसँग सम्पर्कमा रहेको उसले बताएको छ ।

‘यो दुर्घटनाप्रति फिफा निकै दुखी छ । हामी मजदूरको परिवारप्रति साहनुभूति व्यक्त गर्छौं,’ फिफाको वक्तव्यमा भनिएको छ, ‘फिफाले ती मजदूरको मृत्युपछिको आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र थप टिप्पणी गर्नेछ ।’

विश्वकपको आयोजना सन्दर्भमा आप्रवासी मजदूरको विषय सबैभन्दा विवादास्पद थियो । द गार्जियनको रिपोर्टअनुसार सन् २०१० मा कतारले फिफाबाट विश्वकप आयोजना अधिकार पाएयता ६ हजार ५०० आप्रवासी मजदूरको निधन भएको थियो ।

यो आँकडा कतार सरकारले अस्वीकार गर्दै आएको छ । उसका अनुसार सो अवधिमा विश्वकप संरचना निर्माणस्थलमा कामसँग सम्बन्धित तीन र कामसँग अप्रत्यक्ष सम्बन्धित ३७ मृत्यु भएको थियो । यसबारे फिफाले आफ्नो आधिकारिक धारणा अहिलेसम्म व्यक्त गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?