+
+

भक्तपुरको सुवाल इन्टरनेसनल कलेजले विद्यार्थीलाई ठगी गरेको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १८:४२

२३ मंसिर, काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-५ घलाटेमा सञ्चालित सुवाल इन्टरनेशनल कलेजले सम्बन्धित निकायबाट स्वीकृति तथा सम्बन्धन नलिएको पुष्टि भएको छ ।

बिना स्वीकृति तथा सम्बन्धन सञ्चालन भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान गर्दा सम्बन्धित निकायहरुबाट सम्बन्धन तथा अनुमति नलिएको पाईएको परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

उनले भने, ‘हाम्रो अनुसन्धानमा सम्बन्धित निकायबाट अनुमति तथा सम्बन्धन नलिएको देखियो । त्यसैले अब यो ठगी हो । अब त्यहि अनुसार मुद्दा अगाडी बढिरहेको छ ।’

उजुरी परेपछि परिसरले कलेजको प्रिन्सिपल भनिएका डा.प्रकाश सुवाललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो । अहिले उनीविरुद्ध ठगी मुद्दा अगाडी बढाइएको परिसरले जनाएको छ। कलेज पढाउने नाममा कत्ति जना विद्यार्थीबाट, के कत्ति शुल्क लिएको छ भन्ने अनुसन्धान भईरहेको परिसरले जानकारी दिएको छ ।

कलेजले पीसीएल नर्सिङ, एचए, फार्मेसी पढाउने भनेर ६० हजारदेखि डेढ लाखसम्म शुल्क उठाएको विद्यार्थी तथा अभिभावकले जानकारी दिएका थिए । करिब २५० विद्यार्थी भर्ना भएको विद्यार्थीहरुले बताएका छन् ।

कलेजले वेबसाइटमा एमबीबीएस, बीडीएस लगायत चिकित्सा शिक्षाका विभिन्न विधा अध्यापन गराउने उल्लेख गरेको छ । भर्ना भएका विद्यार्थीका लागि कलेजले तीन वटा होस्टल समेत सञ्चालनमा ल्याएको पाईएको छ ।

कलेजको विषयमा समाचार बाहिर आएपछि चिकित्सा शिक्षा आयोग, प्राविधिक क्षिक्षा तथा व्यावसायीक तालिम परिषद (सीटीईभीटी)ले विद्यार्थी तथा अभिभावकलाई भर्ना नगर्न÷नगराउन सूचना जारी गरेको छ । साथै त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता नदिने सूचना मार्फत स्पष्ट गरेको छ ।

सीटीईभीटी अन्तर्गतको शैक्षिक कार्यक्रम सञ्चालनको लागि कम्तिमा १०० शय्याको र चिकित्सा शिक्षा तर्फ स्नातक तहको पठनपाठन गराउन ३०० शय्याको अस्पताल चाहिन्छ जुन सुवलसँग छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?