
२५ मंसिर, काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभाले रिक्त हुने तीन जना कार्यकारी सदस्यमा दुई जनालाई दोहोर्याउने भएको छ । संघका कार्यकारी सदस्य रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिृकत दिपककुमार देको कार्यकाल सकिंदैछ ।
२६ मंसिर सोमबार हुने संघको साधारणसभाले उनीहरु आगामी दुई वर्षको लागि संघको कार्यकारी सदस्यमा दोहोरिने भएका छन् ।
यस्तै मेगा बैंकले अनुपमा खुञ्जेलीको कार्यकाल नदोहोर्याएपछि रिक्त रहेको संघको कार्यकारी सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ आउने भएका छन् । साधारणसभाले रिक्त रहेको सदस्य चयन गर्नेछ ।
खालिङ यसअघि पनि संघको कार्यकारी सदस्य थिए । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय अध्यक्ष रहेको संघको उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी छन् ।
यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना निवर्तमान अध्यक्ष हुन् भने हिमालयन बैंकका सीईओ अशोक राणा सल्लाहकार हुन् । बैंकर्स संघको कार्यकारी सदस्यमा एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने, लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल बैंकका सीईओ कृषिबहादुर अधिकारी र सनराइज बैंकको सीईओ सुमन शर्मा छन् ।
आागमी वर्ष हुने संघको साधारणसभाले भने अध्यक्ष सहित उपाध्यक्ष र अन्य सदस्यहरु चयन गर्नेछ ।
प्रतिक्रिया 4