+
+

विश्वकपको सेमिफाइनल अघि मोरक्कोको विमानले दोहाका लागि ३० उडान थप्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १५:१७

२६ मंसिर, काठमाडौं । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ ।

मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ । जारी विश्वकपमा एकमात्र अपराजित टिम मोरक्कोले सेमिफाइनलमा पुग्न पोर्चुगललाई पराजित गरेको थियो ।

आफ्ना समर्थकलाई दोहा पुर्‍याउन मोरक्कोले बुधबार ३० वटा उडान सञ्चालन गर्ने सोमबार जारी वक्तव्यमा उल्लेख छ । यो मोरक्कोमात्र होइन समग्र अफ्रिका महादेशकै लागि खुसीको क्षण थियो, जतिबेला मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश बन्यो ।

खर्चिलो हवाई यात्राका बाबजुद हजारौंको संख्याका मोरक्कन समर्थकहरु आफ्नो टिमको हौसला बढाउन कतार पुगिरहेका छन् ।

विश्वकप अन्तिम १६ अन्तर्गत स्पेनविरुद्ध ४४ हजार दर्शक क्षमताको रंगशालामा झण्डै आधा संख्याका मोरक्को समर्थक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?