+
+

सूचीकृत संस्थाका सञ्चालकदेखि कर्मचारीसम्मको सेयर रोक्का हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १७:४६

२८ मंसिर, काठमाडौं । सूचीकृत संगठित संस्थाको सञ्चालकदेखि व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा खटिने कर्मचारीसम्मले आफू बहाल रहेको कम्पनीको धितोपत्र खरीद/बिक्री, हस्तान्तरण वा लेनदेन गर्न नपाउने नियम कार्यान्वयनमा आएको छ ।

नेपाल स्टक एक्सचेन्जले बुधबार सबै सूचीकृत संगठित संस्थालाई पत्राचार गर्दै यस्तो जानकारी गराएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) मा यस्तो प्रावधान रहेको छ ।

अब संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव वा व्यवस्थापन र लेखासम्बन्धी काममा प्रत्यक्ष संलग्न व्यक्ति सो पदमा रहुन्जेल वा पदबाट अवकास प्राप्त गरेको एक वर्ष नपुगेसम्म आफ्नो कम्पनीको धितोपत्र व्यक्तिगत वा परिवारको सदस्यका नाममा रहेको भए पनि खरीद, बिक्री र हस्तान्तरण गर्न नपाउने भएका हुन् ।

अब सूचीकृत कम्पनीले यस्ता पदाधिकारीको सूचीकृत कम्पनीमा भएको सेयर सिडियम एण्ड क्लियरिङ लिमिटेडमा तोकिएको समयसम्म रोक्का राख्नु पर्ने भएको छ ।

बुधबार जारी यो निर्देशन अनुसार आगामी १५ दिन भित्र यो काम गरिसक्नु पर्ने भएको छ । साथै, नयाँ पदाधिकारीको हकमा भने सेयर रोक्का गरेर मात्र जिम्मेवारी दिनु पर्ने समेत निर्देशनमा उल्लेख छ । यस्ता पदाधिकारीले आफ्नो, परिवारका सदस्य वा अन्य व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा समेत बिक्री वा हस्तान्तरण गर्न पाउने छैनन् ।

हेर्नुहोस् परिपत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?