२९ मंसिर, काठमाडौं । फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यदि एक भन्दा बढी खेलाडीले समान गोल गरेमा थोरै समय खेल्ने खेलाडीले गोल्डेन बुट अवार्ड पाउनेछन् । यस्तै दोस्रो स्थानमा हुनेले सिल्भर बल र तेस्रो स्थानमा हुनेले ब्रोन्ज बल प्राप्त गर्नेछन् ।
सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि मात्र विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको हो । त्यसअघि विश्वकपको सर्वाधिक गोलकर्तालाई छुट्टै आधिकारिक अवार्डको व्यवस्था भने थिएन ।
सन् १९९२ मा पहिलो पटक इटलीका पाओलो रोसीले गोल्डेन बुट जितेका थिए । उनले त्यस वर्ष सर्वाधिक ६ गोल गरेका थिए । त्यसयता हरेक संस्करणमा सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिएको छ । १९८२ देखि एडिडास गोल्डेन शु को नाम प्रदान गर्न थालिएको अवार्ड एडिडास गोल्डेन बुटको रुपमा प्रदान गर्न थालिएको हो ।
अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडी
१९८२ पाओलो रोसी (इटली)– ६ गोल
१९८६ ग्यारी लिनेकर (इंग्ल्याण्ड)– ६ गोल
१९८९० साल्भाडोर सिलाची (इटली)– ६ गोल
१९९४ ओलेग सालेन्को (रुस)– ६ गोल
१९९८ डेभोर सुकर (क्रोएसिया) र ह्रिस्टो स्टोइचकोभ (बुल्गेरिया)– ६ गोल
२००२ रोनाल्डो (ब्राजिल)– ८ गोल
२००६ मिरोस्लाभ क्लोज (जर्मनी)– ५ गोल
२०१० थोमस मुलर (जर्मनी)– ५ गोल
२०१४ जेम्स रोड्रिगेज (कोलोम्बिया)– ६ गोल
२०१८ ह्यारी केन (इंग्ल्याण्ड)– ६ गोल
सर्वाधिक गोल गर्ने अन्य संस्करणका खेलाडीहरु
१९३० गुइलेर्मो स्टाबिल (अर्जेन्टिना)– ८ गोल
१९३४ ओल्ड्रिच नेजेडली (चेकोस्लोभाकिय)– ५ गोल
१९३८ लिओनिडास (ब्राजिल)– ७ गोल
१९५० एडेमिर (ब्राजिल)– ८ गोल
१९५४ सान्डोर कोसिस (हंगेरी)– ११ गोल
१९५८ जस्ट फोन्टेन (फ्रान्स)– १३ गोल
१९६२ प्लोरिन अल्बर्ट (हंगेरी), भालेन्टिन इभानोभ (रुस), गारिन्चा र भाभा (ब्राजिल), ड्राजन जेर्कोभिच (युगोस्लाभिया), लिओनेल सान्चेज(चिली)– ४ गोल
१९६६ युसेबियो (पोर्चुगल)– ९ गोल
१९७० गर्ड मुलर (पश्चिम जर्मनी)– १० गोल
१९७४ ग्रेगोर्ज लाटो (पोल्याण्ड)– ७ गोल
१९७८ मारियो केम्पस (अर्जेन्टिना)– ६ गोल
प्रतिक्रिया 4