+
+

जिमेलमा पुराना इमेल खोजेर कसरी डिलिट गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १२:०८

जिमेलमा इनबक्सको सफाइ गर्ने काम यस्तो झन्झटिलो काम हो जसका लागि प्रायःलाई जाँगर चल्दैन । तर आफ्ना नयाँ तथा महत्वपूर्ण इमेलहरु नछुटुन् भन्नका लागि र इमेलहरुलाई अद्यावधिक राख्नका लागि जिमेल इनबक्सको सफाइ निकै महत्वपूर्ण काम हो ।

पुराना, काम फत्ते भैसकेका, अनावश्यकका साथै स्पाम इमेलहरु समेत इनबक्समा थुप्रिदा त्यसले जिमेलको स्पेस भरिने मात्र नभइ नयाँ र महत्वपूर्ण इमेलहरु समेत नदेखिने र हराउने भई समस्या उत्पन्न हुन सक्दछ । त्यसैले पूराना मितिका अनावश्यक इमेलहरु समय समयमा खोजेर हटाउनु उपयुक्त हुन्छ । यसका लागि :

· जिमेलको सर्च बारमा सम्बन्धित मिति टाइप गरी पूरानो मितिका इमेलहरु खोज्नुहोस्
· त्यसपछि उल्लेखित मितिका इमेलहरु मात्रै इनबक्समा देखिन्छन्
· यदि तपाईंले ती मितिका सबै इमेलहरू डिलिट गर्ने हो भने सबैभन्दा माथि रहेको बक्समा टिक गरी Select all conversations that match this search मा क्लिक गर्नुहोस् । त्यसो गर्दा उक्त मितिका सबै इमेलहरु सेलेक्ट हुन्छन् । त्यसपछि डिलिट बटन थिचेर सबै ती सबै इमेलहरु डिलिट गर्न सक्नुहुन्छ ।

साथै निश्चित मितिका पूराना इमेल खोज्नका लागि जिमेलको सर्च बारमा शव्दाबली टाइप गर्न सकिन्छ । जस्तै एक वर्षभन्दा पुराना इमेल खोजेर डिलिट गर्नका लागि सर्च बारमा older_than:1y टाइप गरी सर्च गर्न सकिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?