+
+

वाइफाइको स्पीड कम भयो ? यसरी बढाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १२:२२

काठमाडौं । सूचना प्रविधिको अहिलेको युगमा इन्टरनेट आम जनजीवनको अभिन्न अंग बनिसकेको छ । हाल धेरै कामहरु अनलाइन तथा भर्चुअल स्वरुपमा आउँदै गर्दा उच्च स्पीडको तथा गुणस्तरीय इन्टरनेट अत्यावश्यक बनिसकेको छ । वाइफाइको स्पीड कम भयो भने कम्प्युटरका धेरै कामहरु अबरुद्ध हुन्छन् ।

इन्टरनेट सुस्त हुनुका विभिन्न कारण हुन सक्दछन् । तपाईंले खरीद गरेको इन्टरनेट प्याकेज नै कम क्षमताको हुँदा वाइफाइ स्पीड कम हुनु स्वभाविकै हो । तर कहिलेकाहिँ उच्च गतिको भनिएको इन्टरनेट समेत निकै सुस्त बनिदिन्छ । यस्तो अवस्थामा केही काइदा अपनाएर सुस्त बनेको वाइफाइको गति बढाउन सकिन्छ ।

वाइफाइ उत्कृष्ट तरिकाले काम गरोस् बन्नका लागि तपाईंले आफ्नो वाइफाइको अप्टिमाइजेसन गर्नुपर्दछ । यदि तपाईंले आफ्नो वाइफाइलाई रिबूट गर्नुभएको छैन भने एकपटक वाइफाइ रिबूट गरेर हेर्नुहोस् । यसो गर्दा वाइफाइका सिग्नल स्ट्रेन्थ बढ्न गई इन्टरनेटको गति बढ्दछ ।

वाइफाइको स्पीड निकै सुस्त बन्यो भने तपाईंले राउटरको स्विच अफ अन गरेर हेर्नुहोस् । यसरी राउटर रि–स्टार्ट गर्दा पनि इन्टरनेटको स्पीडमा सकारात्मक प्रभाव पर्ने सम्भावना हुन्छ ।

वाइफाइको राउटर ठीक ठाउँमा राख्नुहोस् । राउटरलाई कुनैपनि चिजवस्तुले छोपेर नराख्नुहोस् र खुल्ला तथा केही अग्लो ठाउँमा राख्ने गर्नुहोस् । यसबाट वाइफाइका तरंग सजिलैसँग प्रसार हुन पाउने हुन्छन् र जसले वाइफाइको स्पीड बढाउन सहयोग गर्दछ । यसका साथै राउटरको लोकेसन परिवर्तन गर्दा पनि स्पीड बढाउन सकिन्छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?