+
+

रास्वपा संसदीय दलको विधान बनाउने जिम्मा महामन्त्री ढकाललाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १३:०५

५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान बनाउने जिम्मेवारी महामन्त्री एवम प्रवक्ता मुकुल ढकाललाई दिएको छ ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

दलको विधान बनेपछि दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुने भएका हुन । दलको नेतामा भने पार्टी सभापति रवि लामिछाने चयन भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?