+
+

पशुपति र तिरुपति जोड्दै काठमाडौं विश्वविद्यालय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १९:२२

६ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरु भारतमा पनि सञ्चालन गर्नको लागि आन्द्र प्रदेशको तिरुपतीस्थित श्री विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युट्ससँग लेटर अफ ईन्टेन्ड अर्थात आसय पत्रमा हस्ताक्षर गरेको छ ।

केयूले अन्तर्राष्ट्रियकरण अभियान अन्तर्गत योगिक साईन्स, हेल्थ मेनेजमेन्ट, हस्पिटालिटि मेनेजमेन्ट लगायतका कार्यक्रमहरु भारतीय शहरहरुमा संचालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्नेगरी आसय पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा केयुका सहकुलपति देवेन्द्र पौडेल र उपकुलपति प्रा. डा. भोला थापाको समुपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

बुधबार भएको विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युटससंगको समझदारी पत्रमा केयु अन्र्तराष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख डा.उद्धब प्याकुरेल र विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युटस कि सचिव डा. एन श्रीदेविको हस्ताक्षर रहेको छ ।

यसअघि भारतको मद्रास स्थित आईआईटि र केयुले संयुक्त डिग्री दिने गरी सुरु गरेको स्नातकोत्तर स्तरको एमटेक ईन इनर्जी सिष्टम कार्यक्रमका विद्यार्थीको अध्यापन, ईन्टर्नसिप लगायतका सुविधा उपलब्ध गराउने बारेको डिफिनिटिभ समझदारी पत्रमा हस्ताक्षर भईसकेको छ ।

सहमति कार्यक्रमको अवसरमा संक्षिप्त मन्तब्य दिदै मन्त्री पौडेलले कार्यक्रम विस्तार गर्दा आउनसक्ने चुनौतिहरुको सहजिकरणमा सरकारले सहयोग गर्ने बताएका छन् ।

गत आइतवारदेखि तमेलनाडु, आन्द्र प्रदेश तथा तेलङ्गानास्थित उच्च शैक्षिक संस्थाहरुको एकहप्ते भ्रमणमा रहेको सहकुलपती नेतृत्वमा उपकुलपति, प्रा. बिबेक बराल तथा अन्य सहभागी केयू टोलीले सोमबार नै चेन्नाई स्थित मद्रास डाईवेटिक रिसर्च सेन्टरसंग डाईवेटोलोटिमा सयुक्त विधावारिधी कार्यक्रम सञ्चालनको सम्भावनाबारे छलफल गरेको जनाएको छ ।

साथै केयूले आईआईटी हैदरावादमा पनि छलफल गर्ने योजना रहेको केयु अन्र्तराष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख डा.उद्धब प्याकुरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?