+
+

साविक विजेता लिभरपुललाई हराउँदै म्यानचेष्टर सिटी लिग कपको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते ६:००

काठमाडौं । साविक विजेता लिभरपुललाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस लिग कप (इएफएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सिटीलाई जिताउन नाथन एकेले निर्णायक गोल गरे ।

त्यसअघि सिटीले दुई पटक अग्रता बनाउँदा लिभरपुलले पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो ।

सिटीका लागि एर्लिन हालान्डले १०औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । लिभरपुलका लागि फाबियो कार्भाल्होले २०औं मिनेटमा बराबरी गोल फर्काए ।

४७औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाएका थिए । तर एक मिनेटपछि नै लिभरपुलका मोहमद सालहले बराबरी गोल फर्काए ।

त्यसपछि ५८औं मिनेटमा एकेले सिटीका लागि निर्णायक गोल गरे ।

सिटीले अब क्वाटरफाइनलमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै म्यानचेष्टर युनाइटेडले तेस्रो श्रेणीको चार्ल्टन एथ्लेटिकसँग खेल्नेछ भने प्रिमियर लिगकै नटिङहम फरेस्ट र वल्भ्स तथा न्युकासल र लेस्टर सिटी क्वाटरफाइनलमा भिड्ने छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?