+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डिजिटल माध्यमबाट प्रेस स्वतन्त्रता हनन नयाँ चुनौती : पत्रकार महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १६:१८

९ पुस, सुर्खेत । नेपाल पत्रकार महासंघले इन्टरनेटको माध्यमबाट प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेको छ ।

शुक्रबार र शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको महासंघको साधारणसभाले इन्टरनेटको माध्यमबाट भएको प्रेस स्वतन्त्रता हननको घटना नयाँ चुनौतीको रुपमा देखिएको निश्कर्ष निकालेको छ ।

महासंघको घोषणापत्रको बुँदा २ मा भनिएको छ, ‘इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हननमा नयाँ चुनौतीहरु थपिएको सन्दर्भम यो केन्द्रीय साधारणसभा आम पत्रकारहरुलाई सचेततापूर्वक डिजिटल माध्यमको प्रयोग गर्न आग्रह गर्दछ । साथै, संवद्ध निकायहरुलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि जोडदार माग गर्दछ ।’

पछिल्लो समय सामाजिक सञ्जालमा सञ्चार माध्यमलाई अनलाइक, अनफलो गर्नेदेखि अनलाइन सञ्चार माध्यमको सीएमएसमा अनधिकृत प्रवेश गरेर समाचार सामग्री हटाउनेसम्मका घटना भएका छन् । महासंघले यसतर्फ सचेत हुन भनेको हो ।

१५ बुँदे सुर्खेत घोषणापत्रमा महासंघले सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आह्वान समेत गरेको छ । ‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीहरूलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ’ घोषणा पत्रमा भनिएको छ ।

महासंघले अघिल्लो प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिल, सूचना प्रविधि, सार्वजनिक सेवा प्रशारणसहितका सञ्चारसम्बन्धी विभिन्न काुनन निर्माण हुन नसक्नु दुखद रहेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकुल विद्यमान कानुनमा पनि सुधार नभएकामा असन्तुष्टि जनाएको छ । ‘तसर्थ यो साधारणसभा संविधान अनुसारका सञ्चार कानुनहरु तत्काल निर्माण गर्न र पुराना कानुनहरुमा सुधार ल्याउन संवद्ध पक्षसँग जोडदार माग गर्दछ’ महासंघले भनेको छ ।

८ पुसमा सुरु भएको महाधिवेशनमा देशभरबाट झण्डै सात सय पत्रकार उपस्थित भएका थिए । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

हेर्नुहोस् घोषणापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?