+
+

सुनिल बल र आयुष घलानसहित ६ खेलाडी संकटामा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १०:४८

१३ पुस,  काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि संकटा क्लबले आक्रमक रुपमा खेलाडी अनुबन्ध गरेको छ ।

संकटाले राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरिएको जनाएको छ । सुनिल र आयुषसँगै राष्ट्रिय टिमकै मिडफिल्डर सुरज ज्यु ठकुरी डिफेन्डर गौतम श्रेष्ठ र निशान खड्का तथा गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध गरेको हो ।

सुनिल बलले गत सिजन च्याम्पियन मछिन्द्र फुटबल क्लबबाट लिग खेलेका थिए ।

आयुष र निशानले थ्रीस्टारबाट खेलेका थिए भने सुरज र टिकेन्द्रले जावलाखेलबाट खेलेका थिए ।

गौतमले त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेका थिए ।

संकटा क्लबले भोलि बिहीबारदेखि पोखरामा आयोजना हुने आहा रारा पोखरा गोल्डकप पनि खेल्दैछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?