
१८ फागुन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोका प्रशिक्षक रुडी गार्सियाले लिओनल मेसीलाई पहिला ल्याउन चाहेको भन्दै ठट्टा गरेका छन् ।
साउदी अबरको क्लब अल नासरले हालै मात्र पोर्चुगिज स्टार रोनाल्डोलाई महँगो मूल्यमा क्लबमा अनुबन्ध गरेको छ । यो क्लबले सर्जिओ रामोस लगायतका स्टार खेलाडीहरुलाई पनि भित्र्याउन चाहेको छ ।
२०२२ को अन्त्यमा रोनाल्डोलाई अनुबन्ध गरेको घोषणा गरेको अल नासरका प्रशिक्षक गार्सिया भने मेसीका फ्यान देखिएका छन् ।
क्लबको पत्रकार सम्मेलनमा रोनाल्डोको अनुबन्धबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘मैले त मेसीलाई दोहाबाट सिधै ल्याउने प्रयास गरेको थिएँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4