+
+

काठमाडौंको गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १०:००

१९ पुस, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा४४प २४२२ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते साहको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको थियो ।

मोटरसाइकलमा पछाडि सवार दुई जना भने सकुशल रहेका प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?