
२५ पुस, काठमाडाैं । वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको आसन्न संस्करणमा सहभागी खेलाडीले कोभिड परीक्षण गर्नु नपर्ने भएको छ । खेलाडीहरु संक्रमित रहेछन् भने पनि उनीहरूले चाहँदासम्म खेल्न पाउनेछन् ।
‘हामी केवल त्यही अनुसरण गर्दैछौं, जुन अहिले समुदायमा भइरहेको छ,’ प्रतियोगिताका निर्देशक क्रायग टिले भन्छन्, ‘हामी एक कदम अगाडि बढेका छौं र यदी तपाई विरामी हुनुहुन्छ भने टाढै रहनुस् मात्र भन्न सक्छौं ।’
प्रतियोगिताको पछिल्लो संस्करणमा खेलाडीले हरेक दिन कोभिड परीक्षण गर्नुपर्ने थियो । संक्रमित भएमा आइसोलेट हुनुपर्ने र कोभिड खोप पनि लगाउनु अनिवार्य थियो । त्यसअघि सन् २०२१ को संस्करण त बायो सेक्योर बबलमा खेलाइएको थियो ।
अस्ट्रेलियन ओपनको उपाधि सर्बाधिक ९ पटक जितेका नोभाक जोकोभिचलाई गत संस्करण कोभिड परीक्षण गर्न र खोप लगाउन नमानेपछि प्रतियोगिताअघि देशनिकाला गरिएको थियो ।
‘हामीले खेलाडीलाई मात्र होइन कर्मचारीहरुलाई पनि यदी अस्वस्थ महशुस गर्नुभएको छ भने घरमै बस्नुस भनेका छौं । हाम्रा मेडिकल कर्मचारीहरु खेलाडीका साथसाथै उनीहरुको पनि निगरानी गर्नेछन्,’ टिलेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4