+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते २०:४०

२६ पुस, वीरगञ्ज । रासायनिक मलको कालोबजारी गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका-१८ मोतीसर टोल बस्ने उमेशकुमार साहलाई पक्राउ गरेको छ ।

सरकारी अनुदानमा ल्याएको मल किसानलाई सहुलियत दरमा बिक्री गर्नुपर्नेमा बढी मुनाफा लिई बिक्री गरेर कालो बजारी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उमेशले फेटा गाउँपालिका–१ भलुही चोकमा सञ्चालन गरेको श्री राम स्टोर्स किटनाशक पसलबाट विभिन्न रासायनिक मल १२३ बोरा समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार पुस २२ गते दिउँसो प्रहरीले श्री राम स्टोर्सबाट १२३ बोरा मल बरामद गरी जिल्ला प्रशासन कार्यालय बाराको प्रतिनिधिको रोहबरमा शिलबन्दी गर्नुको साथै सञ्चालक उमेशलाई पक्राउ गरेको हो ।

उनी विरुद्ध कालाबजारी मुद्धामा जिल्ला प्रशासन कार्यालय बाराबाट अनुसन्धानका लाग ५ दिनको म्याद अनुमति लिई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?