+
+

अन्ततः प्रदेश १ सरकारमा जान माओवादी तयार, मन्त्री छान्ने जिम्मा ३ नेतालाई

हरि अधिकारी हरि अधिकारी
२०७९ पुष २८ गते १३:३२

२८ पुस, विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्र पनि सरकारमा जान तयार भएको छ । आलोपालोमा आफूहरुले पनि मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सरकारमा जान तयार भएको हो ।

यसअघि प्रदेशसभाको ५ वर्षे कार्यकालको आधा समय मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै माओवादी केन्द्र सरकारमा नजाने अडान लिएको थियो । प्रदेश १ मा माओवादी केन्द्रको समेत समर्थनमा एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रले मुख्यमन्त्रीमा आलोपालो हुने आश्वासन दिएपछि सरकारमा जान लागेको बताए । ‘केन्द्रबाट आलोपालो हुने जानकारी आएपछि हामी सरकारमा सहभागी हुँदैछौं’ उनले भने ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । उक्त भेटमा प्रदेश १ मा आलोपालोको सहमति भएको माओवादीका नेताहरु बताउँछन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिदैछन् । शुक्रबार नै माओवादीलाई सरकारमा सहभागी गराउने तयारी छ । ‘आज सभामुखको शपथग्रहण भएका कारण मन्त्रीको शपथ नहोला’, माओवादी केन्द्रका एक नेताले भने, ‘शुक्रबार शपथ ग्रहणको सम्भावना छ नभए सोमबार शपथ हुनेछ ।’

मान्त्री छान्ने जिम्मा तीन नेतालाई

सरकारमा सहभागी हुन केन्द्रबाट निर्देशन आएपछि नेकपा माओवादी केन्द्र मन्त्री छनोटको गृहकार्यमा जुटेको छ ।

बैठकले प्रदेश १ का इञ्चार्ज राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मन्त्री छान्ने जिम्मेवारी दिएको छ । १३ सांसद रहेको प्रदेश १ मा प्रचण्डका कान्छा ज्वाईं जीवन आचार्य, पोलिट्ब्यूरो सदस्य दुर्गा चापागाईं, नारायण बुर्जामगर, राजेन्द्र कार्की मन्त्री बन्न इच्छुक छन् ।

प्रदेशमा माओवादी केन्द्रले तीन वटा मन्त्रालय पाउने सम्भावना छ । माओवादी केन्द्र दलका नेता आङ्बोले मन्त्रालय बाँडफाँटको विषयमा छलफल बाँकी रहेको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?