
२८ पुस, काठमाडौं । अर्जेन्टिनालाई विश्वकप जिताएका लियोनेल मेसी क्लब फुटबलमा फर्किएका छन् र उनले बुधबार भएको एङगर्ससविरुद्धको खेलमा गोल गर्दै सुखद सुरुवात गरेका छन् ।
३५ वर्षीय फरवार्ड मेस्सीले विश्वकप पश्चात पीएसजीका लागि बुधबार पहिलो खेल खेलेका हुन् । २०२२ मा पीएसजीसँगको अनुबन्ध १ वर्ष थपेका मेस्सीले नयाँ कार्यकालको पहिलो गोल पनि गरेका हुन ।
२०२२ को कतार विश्वकपमा उनले ७ गोल गरेका थिए । उनको टिमले फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दै विश्वकप उपाधि उचालेको थियो ।
एङ्गर्सलाई घरेलु मैदानमा हराउन ह्युगो एकिटिकेले पहिलो गोल गरेका थिए । भिडियो सहायक रेफ्रीको मद्दतमा मिलेको अवसरलाई नोर्डी मुकिको पासमार्फत मेसीले पीएसजीका लागि दोस्रो गोल गरे ।
त्यसपछि पनि नेइमारले एक गोल गरेका थिए । जुन गोल भने रेफ्रीले अफसाइड ठहर गरिदिए । एङ्गर्सलाई २-० ले हराएसँगै पीएसजी ६ अंक सहित लिग वानको शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा रहेको लेन्सले स्टार्सबगसँग २–२ को बराबरी खेलेपश्चात पीएसजी शीर्षमा नै रहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4