+
+

गण्डकी प्रदेशसभामा उपसभामुखको निर्वाचन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १२:५९

२ माघ, पोखरा । गण्डकी प्रदेश सभामा सोमबार उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली कांग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी छ ।

सभामुख भने यसअघि नै नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल चयन भइसकेका छन् । गण्डकी प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ र उनीहरुबीचको भागवण्डामा सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भइसकेको छ ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ८,  राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङे छन् । तर, माओवादीका सांसद कृष्ण धिताल सभामुख भएकाले मत हाल्ने छैनन् । सभामुखको निर्वाचनमा स्वतन्त्र सांसद दीपक मनाङेले पनि मत हालेका थिए ।

सोमबारको प्रदेश सभा बैठकले आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रस्ताव पारित गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?