+
+

विमान दुर्घटना : पहिचान नभएका शवहरु भोलि काठमाडौं पठाइने

अमृत सुवेदी अमृत सुवेदी
२०७९ माघ २ गते १६:५८

२ माघ, काठमाडौं । यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाडौं पठाइने भएको छ । शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको छ ।

तर सोमबार नभ्याइने भएकाले काठमाडौं पठाइने शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले जानकारी दिए ।

पहिचान भएका शवहरुको पोखरामै पोस्टमार्टम गरिएको छ र त्यहीँबाट आफन्तलाई जिम्मा लगाउने तयारी छ । तर पोस्टमार्टम गरेर आफन्तलाई आजै शव दिन कठिन भएको निर्देशक खत्रीले बताए । ‘शवको सेलेक्सन भइरहेको छ । पोस्टमार्टम गरेर आज आफन्तलाई शव बुझाउन पनि कठिन देखिएको छ’ उनले भने ।

अस्पतालका अनुसार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका चिकित्सकको नेतृत्वमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्थाका फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।

दुर्घटनामा भेटिएका ६९ शवमध्ये २६ जनाको मात्र सनाखतन भएको छ । सनाखत भएको सग्लो शरीरसहितको शवको पोस्टमार्टम पोखरामै भइरहेको छ ।

कतिपय शवको परिचय पत्रका आधारमा सनाखत भए पनि थप सनाखत गर्नुपर्ने देखिएकाले डीएनए परीक्षणको लागि काठमाडौ लैजानुपर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?