+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्ववियुमा विद्यार्थीलाई नेतृत्व गर्न दिऊँ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १७:३१

२ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन् ।

सोमवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका हुन् ।

हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने बताए । उनले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले अनेरास्ववियुलाई अर्ग्यानिक अनेरास्ववियु बनाउन निर्देशन दिए ।

‘मैले तपाईहरुका बीचमा सुनिरहेको सन्दर्भ के भने दोहोर्‍याएर फेरि स्ववियुमा जान पाइन्छ कि पाइँदैन ? आफूलाई हेरेर होइन भविष्यलाई हेरेर गर्नुपर्‍यो । आफूलाई हेर्नुभयो भने निष्पक्ष न्याय हुनै सक्दैन । आफूलाई अलग गरिदिनुस् । अरुले तपाईको खोजि गर्छन् भने ठिक छ । नेताहरु आफैँले आफैँलाई दाबी गर्दै नगर्नुस् ।’ उनले भने, ‘अरुलाई खोज्न थाल्नुस् । यति गर्नुभयो भने नेतृत्व निर्माणमा कुनै समस्या हुँदैन । साँच्चैको विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्छ । अर्ग्यानिक अनेरास्ववियु बनाउनुपर्छ ।विद्यार्थीहरु बीचको संगठन बनाउनुपर्छ ।’

महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको बताए । सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै
उनले यसले उदार पुँजीवाद र दलाल नोकरशाहलाई प्रवर्द्धन गर्ने बताए ।

उनले भने, ‘सोसल मिडियाका नाममा हामी जसरी प्रभावित हुन थालेका छौँ । यसले समाजलाई अराजकतातर्फ लैजान्छ कि समाजलाई परिवर्तनको बाटोतर्फ लैजान्छ भन्दाखेरी परिवर्तनको बाटोतर्फ लैजान सक्दैन । त्यसले उदार पुँजीवादलाई प्रवर्द्धन गर्ने हो । त्यसले दलाल नोकरशाहहरुलाई प्रवर्द्धन गर्ने हो । त्यसले श्रमजीवी वर्गलाई प्रवर्द्धन
गर्ने काम गर्दैन । दलाल नोकरशाही पुँजिवादको प्रभुत्वलाई कायम गर्नका लागि कथित नागरिक अधिकारका नाममा एक प्रकारले भन्नुहुन्छ भने जनताको वास्तविक अधिकारलाई स्थापित हुनबाट रोक्ने प्रकारको प्रपञ्च हो भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’

महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई माथि लैजानसक्ने सामर्थ्य एमालेसँग मात्रै रहेको दाबी गरे ।उनले एमालेले नै नेपालमा लोडसेडिङको अन्त्य गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?