+
+

जब सञ्चारमन्त्रीलाई भुवन केसीले आफूलाई बोर्ड अध्यक्षभन्दा कलाकार भनेर चिनाए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १६:२९

काठमाडौं । ‘नमस्कार म कलाकार भुवन केसी, चलचित्र विकास बोर्डको अध्यक्ष ।’

शपथ ग्रहणपछि कार्यभार सम्हाल्न मन्त्रालय पुगेकी नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई स्वागत गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भनेका कुरा हुन् यी ।

उनले आफूलाई बोर्ड अध्यक्षभन्दा पनि कलाकारको रुपमा चिनाउन खोजेका थिए । प्रत्युत्तरमा नमस्कार फर्काउँदै मन्त्री शर्मा मुस्कुराइन् मात्र । मन्त्रीलाई स्वागत गर्ने लाइनमा भुवन पनि उभिएका थिए ।

कार्यभार सम्हाल्दै मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका शाखा र बोर्डका गुनासो बुझ्ने बताएकी थिइन् । उनले भनिन्, ‘मन्त्रालयसँग सम्बद्ध शाखा, उपशाखा, बोर्ड, निकाय, संस्थान, प्रतिष्ठान विभागभित्रका समस्या के हुन् ? मन्त्रालयले गर्नुपर्ने कुरा के हो ? राम्रा कुरा के छ ? गाँठो फुकाउनुपर्ने कुराहरु के छन् ? सरकारका तर्फबाट के ध्यान दिनुपर्छ ? सबै विषयमा विशेष ढंगले सोच्नुपर्छ, त्यसमा मेरो ध्यान रहन्छ ।’

नवनियुक्त मन्त्रीलाई अध्यक्ष केसीले बोर्डका माग र समस्याबारे ब्रिफिङ गर्ने तयारी गरेका छन् । अलपत्र परेको चलचित्र नीतिलाई संसदबाट अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्ने मुख्य कार्यभार फिल्म क्षेत्रको तर्फबाट नवनियुक्त सञ्चारमन्त्री सामु छ । बोर्ड लगायतका संघसंस्थाले पनि फिल्म नीतिलाई नै प्राथमिकतामा राखेका छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?