+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रदेश-१ मा ‘आध्यन्त एक्सिलेरेटर कार्यक्रम’ सुरू, कृषि उद्यमीसँग आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १३:४८

काठमाडौं । प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा प्रदेश १ मा ‘आध्यन्त एक्सिलेरेटर कार्यक्रम’ सुरु भएको छ ।

विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रम सुरु गरिएको हो । पत्रका सम्मेलनमा उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा प्रदेश उपाध्यक्ष श्री राजेन्द्र राउत, प्रदेश कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेल, प्रदेश लगानी प्राधिकरणका सीईओ डा. सरोज कोइराला, सहज कार्यक्रमका टिम लिड रिक भान डेर क्याम्प र आध्यन्तका संस्थापक मनोज पौडेलले कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागी हुनका लागि कृषि उद्यमीहरूले आवेदन दिनु पर्ने उनीहरुको भनाइ थियो ।

प्रदेश न. १ मा लगानी प्रवर्द्धनका लागि प्रदेश लगानी प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, सहज परियोजना र आध्यन्त बीच औपचारिक समझदारी गर्ने प्रक्रिया अगाडि बढेको कार्यक्रमका सम्पर्क व्यक्ति निश्चल सिंह भण्डारीले जानकारी दिए ।

प्रदेश नम्बर १ का कृषि व्यवसायीहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्नका लागि पूँजीमा पहुँच पुर्‍याउन सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा सहभागी हुन आवेदान दिएकामध्ये १० वटा उद्यमीहरुलाई छनौट गरी १२ हप्तासम्म पूँजी, बजार पहुँच, र विविध प्राविधिक लगायतका आन्तरिक चुनौतिहरू केन्द्रित परामर्श प्रदान गरिने उनको भनाइ छ । कार्यक्रममा सहभागी हुनका लागि ४-१८ माघसम्म आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?