+
+

सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १९:४३

५ माघ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटीले सीमावर्ति क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ को संक्रमणबाट जोगाउन आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

वीरगञ्ज, विराटनगर र काँकडभिट्टा नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि लक्षित गरेर विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

रेडक्रसले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सर्जीकल मास्क, सर्जीकल ग्लोभ्स, ह्यान्ड सेनीटाईजर, फेस शिल्ड, बुट, सर्जीकल क्याप, पीपीई तथा गाउन सेट लगायतका सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

छिमेकी मुलुक चीनसँगै भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट देखिएको छ । सीमा क्षेत्रमा चेकजाँच र सुरक्षाका लागि खटिने सुरक्षाकर्मी संक्रमणको उच्च जोखिममा रहने गरेका छन् ।

कोभिडको नयाँ लहर आउने संभावना देखिएकोले नाका क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई संक्रमणबाट जोगिन आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालय स्थित विपद व्यवस्थापन विभागका उप निर्देशक जनार्दन पोखरेलले जानकारी दिए ।

कोकाकोला फाउन्डेसनले सामाजिक उत्तरदायित्व वहन गर्दैै रेडक्रस मार्फत सामाग्री पठाएको उनको भनाई छ ।

तीन वटा नाकाका लागि सर्जीकल मास्क ५ सय ३५ प्याकेट, सर्जीकल ग्लोभ्स १ सय ८० प्याकेट, ह्यान्ड सेनीटाईजर ५४० बोतल, फेस शिल्ड ६ सय थान, बुट १६० जोडी, सर्जीकल क्याप ६५० थान, पीपीई तथा गाउन सेट १ सय ८० थान हस्तान्तरण गरिएको उपनिर्देशक पोखरेलले बताए ।

रेडक्रसका प्रतिनीधिहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुलाई सामाग्री हस्तान्तरण गरेका छन् । संयुक्त रुपमा हस्तान्तरण गरिएको सामाग्री दुईवटा सुरक्षा निकायले आधा आधा बाँडेर प्रयोग गर्ने रेडक्रसको भनाइ छ ।

बिहीबार वीरगञ्जमा नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेश सभापति फुल महम्मद मियाँको उपस्थितिमा सामाग्री स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रेडक्रसको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सीनाले प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी र सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापालाई सामाग्री हस्तान्तरण गरेका थिए ।

पर्सामा र्सजीकल मास्क १ सय ५० प्याकेट, सेनीटाईजर १ सय ९२ बोतल, सर्जीकल ग्लोभ्स ६० प्याकेट, फेस सिल्ड २ सय पिस, बुट ५० जोडी, सर्जीकल क्याप २ सय ५० थान, पीपीई तथा गाउन सेट ६० थान हस्तान्तरण गरिएको रेडक्रस पर्साका सभापति विरेन्द्रराज कँडेलले जानकारी दिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सीनाले कोभिड–१९ संक्रमणको चौथो लहर आउने जोखिम रहेको अवस्थामा रेडक्रसले स्वास्थ्य सामाग्री दिएर सुखद सुरुवात गरेको बताए ।

‘वीरगञ्ज देशको मुख्य नाका हो । खुल्ला सीमाले गर्दा कोभिड संक्रमणको हाई रिक्स छ । सुरक्षाकर्मीको सुरक्षा चुनौतिलाई ध्यानमा राखेर कोभिड विरुद्ध लड्न स्वास्थ्य सामाग्री प्रदान हुनु सुखद सुरूवात हो ।’ उनले भने ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर कोभिड–१९ को संक्रमणबाट बच्न पालना गर्नुपर्ने नियमबारे सचेत गराईसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?