+
+

टाईगर प्यालेस रिसोर्टले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १७:४३

६ माघ,बुटवल । रुपन्देहीको तिलोत्तमा कोटिहवामा सञ्चालित पाँचतारे होटल टाईगर प्यालेस रिसोर्टले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न अदालतले आदेश दिएको छ ।

रिसोर्टले मिचेको खाली जग्गा खाली गर्न माग गर्दै परेको रिटमा सुनुवाई गर्दै जिल्ला अदालत रुपन्देहीले यस्तो आदेश दिएको हो । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको इजलास सहायक सन्तोष कुमार मिश्रले बताए ।

उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको दाबीसहित त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै सियारी गाउँ पालिकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले मुद्दा दायर गरेका थिए ।

घिमिरेले लुम्बिनी नलकुप जल उपभोक्ता समितिको अध्यक्षको हैसियतले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए ।हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले ५ अर्ब रुपैयाँ बढी लगानी गरी २०७४ सालदेखि रिसोर्ट सञ्चालनमा ल्याएको थियो।

१५ बिगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टले सरकारी र सार्वजनिक जग्गा मिचेर विभिन्न संरचना बनाएको आरोप छ । बिदेशीबाट उक्त रिसोर्ट खरिद गर्न चौधरी ग्रुप र रुपन्देहीको भुसाल ग्रुपबीच प्रतिस्पर्धा थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?