+
+

जंगलमा नवजात शिशुलाई फालेको आरोपमा बाबु पक्राउ

रासस रासस
२०७९ माघ ९ गते २०:५२

९ माघ, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फालेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए ।

अमितसँगै पक्राउ परेकी उनकी श्रीमती विन्दु चौधरीलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

नवजात शिशु जङ्गलमा फालेको घटनामा विन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जङ्गलमा लगेर फालेका थिए ।

जङगलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?