+
+

कर्णाली सरकारले पूर्णता पायो, माओवादीका ४ र एमालेका ३ मन्त्री

यज्ञ खत्री यज्ञ खत्री
२०७९ माघ ११ गते १७:१०

११ माघ, सुर्खेत । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार  गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।

७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् ।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र जीतबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।

२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले २८ पुसमा एमालेका शाह र माओवादीका मंगलबहादुर शाहीलाई विना विभागीय मन्त्री बनाएका थिए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?