+
+

डाइनिङ टेबल : थरीथरी डिजाइन, २० हजारदेखि १२ लाखसम्म मूल्य

सुमनकुमार बस्‍नेत सुमनकुमार बस्‍नेत
२०७९ माघ १३ गते १६:१९

डाइनिङ टेबल अनिवार्य जस्तै भइसकेको छ । खाना खानका लागि मात्र होइन, भान्साको सजावटका लागि पनि यसको महत्व बढेर गएको छ । त्यसो त आफ्नो आवश्यकता र बजेटअनुसार सस्तोदेखि अति महंगो डाइनिङ टेबल राख्न सकिन्छ । बजारमा अनेकथरी डिजाइन र मूल्यका डाइनिङ टेबल उपलब्ध छन् ।

त्यसो त सस्तो मूल्यमा प्लाष्टिकका डाइनिङ टेबल पनि पाइन्छन्, जसको मूल्य ४-५ हजार रुपैयाँबाट सुरु हुन्छ । यी डाइनिङ टेबल छरितो भए पनि टिकाउ र सजावटका लागि काठकै रोज्ने गरिएको छ । काठको डाइनिङ टेबलमा पनि एकरुपता छैन । काठको गुणस्तरअनुसार २० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मका डाइनिङ टेबल बजारमा पाइन्छन् ।

थरीथरी डिजाइन

सामान्यतया अहिले बजारमा तीनथरी डिजाइनका टेबल चल्तीमा छ । गोलाकार, वर्गाकार, आयातकारको तीनवटा आकारमा छन् ।

चार सिट कुर्सी, ६ सिट कुर्सी र आठ सिट कुर्सी भएका डाइनिङ टेबल घरमा प्रयोग हुन्छन्  । तर चार र ६ सिट अझ बढी बिक्री हुन्छन् । साइज चार फिट, साढे चार फिट र ६ फिटसम्मको हुन्छ ।

कति मूल्य ?

राम्रो काठको डाइनिङ टेबलको मूल्य न्यूनतम ६० हजारदेखि एक लाख २० हजारसम्म हुन्छ । कुर्सीको संख्याअनुसार मूल्य तलमाथि हुन सक्छ । त्यो काठको टेबलमा माथि सिसा वा मार्बल राख्दा मूल्य अरु बढ्छ ।

डिजाइन अनुसार त मूल्यमा धेरै फरक पर्दैन । ६ सिट आयातकार टेबलको एक लाख रुपैयाँ पर्छ । ६ सिट गोलाकार र वर्गाकार टेबलको मूल्य एक लाख २० हजार रुपैयाँ पर्छ । डिजाइनसँगै कुर्सीको संख्याले मूल्य घटबढ हुन्छ ।

सिसा राखेको टेबलमा ६ सिट कुर्सी भएको डाइनिङ टेबलको मूल्य एक लाख २० हजार रुपैयाँ पर्छ । बेस काठ र माथि मार्बल भएको डाइनिङ टेबलको मूल्य भने एक लाख ५० हजारदेखि १२-१३ लाख पर्ने पनि हुन्छ ।

किन बढी पर्छ मूल्य ?

डाइनिङ टेबल मुख्यगरी सिसौको काठबाट बनेको हुन्छ । मक्किने, धुलियाले खाने नभएकाले यो काठ महँगो हुन्छ । राम्रो गुणस्तरको सिसौ काठको मूल्य बजारमा न्यूनतम क्यु फिट चार हजार पर्छ ।

मेसिनको फिनिसिङ र हातको फिनिसिङले पनि मूल्य फरक पर्छ । कस्तो खालको रङको प्रयोग गरेको छ त्यसले पनि मूल्यमा फरक पर्छ । डिजाइनअनुसार पनि बढी मूल्य पर्छ गोलाकार डिजाइनको टेबल अरूभन्दा अलि महंगो हुन्छ ।

डाइनिङ टेबल किन्दा ध्यान दिनुपर्ने कुरा

डाइनिङ टेबल किन्दा सबैभन्दा पहिले कस्तो डिजाइनको किन्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । आफ्नो रुचि अनुसारको डिजाइन हेरेर मात्र किन्न जानु उचित हुन्छ । काठको, सिसाको वा मार्बल कुन टेबल रोज्ने भन्ने निश्चित गर्नुपर्छ । घरको डिजाइनअनुसार पनि छनोट गर्न सकिन्छ ।

त्यसैगरी काठको गुणस्तरबारे पनि चनाखो रहनुपर्छ । राम्रो काठको प्रयोग गरेको छ भने बिक्रेताले १० वर्षको वारेन्टी उपलब्ध गराउँछन् ।

डाइनिङ टेबलको मूल्यमा पनि ध्यान दिनुपर्छ । नेपाली बजारमा एउटै गुणस्तरकोसामानको मूल्य पनि पसलैपिच्छे फरक पर्छ । त्यसैले तीन-चारवटा पसलमा बुझेर मात्र डाइनिङ टेबल खरिद गर्नु उपयुक्त हुन्छ ।

रङ र फिनिसिङमा पनि ध्यान पुर्‍याउनुपर्छ । हातले बनाइएको डाइनिङ टेबुलमा राम्रो फिनिसिङ नआउन सक्छ ।

(बस्नेत बानेश्वरस्थित सनराइज फर्निचर डेकोरका सञ्चालक हुन् । उनीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?