 
																			१६ माघ, हेटौंडा । लागु औषधको कुलतमा परी विभिन्न सुधार केन्द्रमा रहेका युवाका लागि हेटौंडामा विद्युत जडानसम्बन्धी तालिम सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र मकवानपुर रिकभरि समूहले तालिम सञ्चालन गरेको हो ।
तालिमको सोमबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरिन् । तीन महिनासम्म चल्ने तालिममा व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका महेश आचार्यले प्रशिक्षण दिनेछन् ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले तालिमका सहभागीलाई सीप सिकेपछि रोजगारीको लागि उपमहानगरले पहल गर्ने बताइन् । यो तालिमले स्वरोजगार हुन समेत मद्दत गर्ने उल्लेख गर्दै उनले कुलत त्यागेर आफूले सिकेको सीपलाई आर्थिक उपार्जन कार्यमा उपयोग गर्न अनुरोध गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4