+
+
कविता :

फेरि अर्को मसाल बाल्न नपरोस्

डा. ऋषि बस्ताकोटी डा. ऋषि बस्ताकोटी
२०७९ माघ १६ गते २१:३६

तिमीले रुनु रोइसकेपछि हो
मैले अलिकति हाँस्न पाएको,
अँध्यारो खोपीभित्रबाट
चित्कार मिसिएको स्वरमा
तिमीले उज्यालाको गीत गाएपछि हो
मैले आफ्नै आँगनमा
आफ्नै लयमा अलिकति नाच्न पाएको ।

आज पनि म तिमीप्रति नतमस्तक हुँदै सम्झन्छु-
निरंकुश मालिकहरूका
फलामे शालिक ढाल्न लाग्दा
जंजीरले बाँधिएर
तिमी पनि शालिकसँगै ढल्यौ
र हाँसीहाँसी एक युग हल्लाएर
अमर मृत्यवरण गर्‍यौ ।

हो, त्यही तिम्रो साहसी र अमर मृत्युसँग
साटिएको एक टुक्रा घाम उदाए पछि हो
मैले स्वतन्त्रतापूर्वक बाँच्न पाएको ।

आज पनि घरि घरि
नीलआकाशमा
निर्भय उडिरहेका चराहरूलाई हेर्छु
मेरो प्रिय शहीद
अनि म तिमीलाई र मेरा सन्ततिलाई एकै पटक सम्झन्छु
हिजो त जे भयो भयो
अब फेरि अर्को रात नलागोस्,
युगको सपनामाथि
अँध्याराको हात नलागोस्
मेरा सन्ततिको यिनै चरा झैं उड्ने सपना
बिथोलिएर
फेरि अर्को मसाल बाल्न नपरोस्
फेरि फेरि निरंकुशताको नयाँ शालिक ढाल्न नपरोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?