
१८ माघ, काठमाडौं । भेट्रान क्रिकेटर शरद भेषावकर नेपाल क्रिकेट संघ क्यानले गरेको ग्रेडिङबाट पहिलो पल्ट बाहिरिएका छन् ।
सन् २०१५ देखि सुरु भएको क्रिकेट ग्रेडिङमा शरद लगातार सेन्ट्रल कन्ट्रयाक्टमा रहँदै आएका थिए ।
तर नेपाल क्रिकेट संघ क्यानले २०२३ को सुरुवाती ६ महिनाका लागि सार्वजनिक गरेको नयाँ ग्रेडिङमा शरद बाहिरिएका छन् । २०२० सम्म ग्रेड ए रहेका शरद त्यसपछि पछिल्लो कन्ट्रयाकमा ग्रेड बीमा थिए ।
पोखरामा मंगलबार बसेको क्यान बोर्ड बैठकले २०२३ को जनवरी देखि जुनसम्मका लागि पुरुषतर्फ १८ खेलाडीलाई ग्रेडिङमा राखेको छ । तर महिलाको भने घटाएर जम्मा १२ खेलाडी मात्र राखेको छ ।
शरद पछिल्लो समय राष्ट्रिय टिममा पर्न छाडेका थिए । लिग टु अन्तर्गत फागुन २ देखि स्कटल्याण्ड र नामिबिया विरुद्ध कीर्तिपुरस्थित टीयू मैदानमा हुने शृखंलाका लागि २८ सदस्यीय क्याम्पमा शरद परेका छन् ।
नेपालका लागि ४ ओडीआई र २० टी-२०आई खेल खेलेका शरदले पछिल्लो पटक २०२२ फेब्रुअरीमा आयरल्याण्ड विरुद्ध टी-२० आई खेलेका थिए ।
क्यानले सार्वजनिक गरेको पुरुषतर्फ यस पटक ग्रेडिङमा धेरै नै हेरफेर भएको छ । पूर्व कप्तान सन्दीप लामिछाने पनि ग्रेडिङमा छैनन् । बलात्कारको आरोप लागेका सन्दीपको निलम्बन भने क्यानले फुकुवा गर्ने निर्णय गरेको छ ।
नयाँ ग्रेडिङमा कप्तान रोहितकुमार पौडेल सहित ५ खेलाडी ग्रेड एमा छन् ।
दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी ग्रेड एमा कायम रहँदा कप्तान रोहित र आसिफ शेख फड्को मार्दै ग्रेड एमा उक्लेका छन् । यसअघि आसिफ ग्रेड बी र रोहित ग्रेड सीमा थिए ।
यस्तै अर्का पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ग्रेड बी मा घटुवा भएका छन् कुशल भुर्तेल र आरिफ शेख ग्रेड बीमा यथावत छन् ।
विनोद भण्डारी र अभिनाश बोहरा ग्रेड सीमा घटुवा भएका छन् । कुशल मल्ल र कमल सिंह ऐरी ग्रेड सी मै यथावत छन् ।
ललितकुमार राजवंशी ग्रेडिङमा फर्कँदा ग्रेड सी मा १० जना भएका छन् ।
ग्रेडिङमा ५ नयाँ खेलाडी समावेश भएका छन् । गुलशन कुमार झा, अर्जनु साउद, देव खनाल, विवेक यादव, सागर ढकाल पहिलो पटक ग्रेडिङमा समावेश छन् । गुल्शन र देव यू-१९ राष्ट्रिय टिममा छन् ।
सुशन भारी, विक्र सोव, शाहब आलम, पवन सर्राफ पनि ग्रेडिङबाट हटेका छन् ।
अहिलेसम्म भएका ग्रेडिङ र त्यसमा परेका खेलाडीहरुको सूची :
२०१५ मा ग्रेडिङमा पर्ने २२ खेलाडीहरु
ग्रेड ए : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सुवास खकुरेल ।
ग्रेड बी : सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, अमृत भट्टराई, विनोद भण्डारी, भुवन कार्की ।
ग्रेड सी : महबुब आलम, जितेन्द्र मुखिया, अनिल मण्डल, आरिफ शेख, राहुल विक, प्रदीप ऐरी ।
ग्रेड डी : करण केसी, राजेश पुलामी, रामनरेश गिरी, राजु रिजाल
२०१७–१८ को ग्रेडिङमा रहेका २१ खेलाडीहरु
ग्रेड ए : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी
ग्रेड बी : शक्ति गौचन, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी ।
ग्रेड सी : सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी ।
२०१९ को ग्रेडिङमा रहेका २२ खेलाडी
ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी
ग्रेड बी : अभिनाश बोहोरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, पवन सराफ, सन्दिप जोरा, सुशन भारी
ग्रेड सी : राजु रिजाल, प्रदीप ऐरी, रसिद खान, इशान पाण्डे, कुशल मल्ल, कुशल भुर्तेल
२०२० को ग्रेडिङमा परेका १८ खेलाडी
ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी
ग्रेड बी : आरिफ शेख, सोमपाल कामी, पवन सराफ, सुशन भारी
ग्रेड सी : अभिनाश बोहोरा, रोहित पौडेल, कुशल मल्ल, कमल सिंह ऐरी ।
२०२० मा सच्याएको ग्रेडिङ : केन्द्रीय सम्झौतामा परेका खेलाडीहरु
ए ग्रेड: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी
बी ग्रेड: सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा
सी श्रेणी: सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा
२०२२ को लागि पुरुषतर्फको केन्द्रीय खेलाडी सम्झौता
ग्रेड ए : सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी
ग्रेड बी : कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी
ग्रेड सी : कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी, पवन सर्राफ
२०२३ जनवरी देखि जुनसम्मको लागि पुरुष खेलाडीहरु
ग्रेड ए – १) रोहित पौडेल २) सोमपाल कामी ३) करण केसी ४) दिपेन्द्र सिंह ऐरी ५) आशिफ शेख
ग्रेड बी – १) आरिफ शेख २) कुशल भुर्तेल, ३) ज्ञानेन्द्र मल्ल
ग्रेड सी – १) कमल सिह ऐरी, २) विनोद भण्डारी, ३) गुलशन कुमार झा, ४) अर्जुन साउद, ५) अविनाश बोहरा, ६) ललित नारायण राजवंशी, ७) कुशल मल्ल, ८) देव खनाल ९) सागर ढकाल १०) विवेक यादव ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4