+
+

नेपाली किशोरीलाई बलि चढाउन भारत लगिएको आशंका, ६ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १६:१२

२० माघ, काठमाडौं । बलि चढाउन भन्दै भारत लगिएको आशंका गरिएको एक जना किशोरीको प्रहरीले उद्धार गरेको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले १६ वर्षीया नेपाली किशोरीको उद्धार गरेको हो ।

ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार उनलाई भारतको रन्होला थापाको वडा एरिया अन्तरगत मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्धार गरिएको छ । उनलाई बिहीबार उद्धार गरेर नेपाल ल्याइएको श्रेष्ठको भनाइ छ ।

बालिकालाई भारत लैजाने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अझै अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीका अुनसार पीडित किशोरीलाई १७ मंसिरमा मामा घरबाट काठमाडौं ल्याएर राखिएको थियो । त्यसक्रममा पीडितलाई आफन्तसँग समेत सम्पर्क गर्न नदिई बन्धक बनाएको पाइएको एसएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार २० पुस विभिन्न व्यक्तिहरु मिलेर उनलाई स्थलमार्गबाट सुनौली नाका हुँदै भारतको नयाँदिल्ली पहाडगञ्ज लगेका थिए । पक्राउ परेकाहरुले दिएको बयान अनुसार उनीहरुलाई कम्तीमा ५ फिट ४ इञ्च उचाइ भएको, शरीरमा कुनै दाग वा ट्याटु नभएको र कुनै अंगमा चोटपटक नभएको, रजश्वला नभएको किशोरी ल्याउन भनिएको थियो ।

पीडित किशोरीलाई एक जना तान्त्रिक बाबासँग भेटाइदिएर खुशी बनाए अथाह पैसा पाउने भनिएको प्रहरीको भनाइ छ । ‘बालिकालाई भारतको विभिन्न स्थानमा रहेका ३ जना फरकफरक तान्त्रिकसँग भेटाएको पनि पाइएको छ’ श्रेष्ठले भने, ‘हाल किशोरीलाई एक सामाजिक संस्थाको सेल्टरमा राखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?