
काठमाडौं । काठमाडौं क्यान्सर सेन्टरले कलाकारको उपचारमा छुट दिने भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार आयोजित समारोहमा काठमाडौं क्यान्सर सेन्टर र चलचित्र विकास बोर्डबीच यसबारे सम्झौता भएको छ ।
सम्झौतापत्रमा बोर्ड अध्यक्ष भुवन केसी र क्यान्सर सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झाले हस्ताक्षर गरे । ‘कलाकार राष्ट्रका गहना हुन् र कुनै पनि कलाकारलाई उपचारबाट वञ्चित गर्नुहुँदैन भन्ने उद्देश्यले उपचारमा विशेष छुट गर्ने सहमति भएको छ,’ झाले भने ।
भक्तपुरको ताथलीमा रहेको क्यान्सर सेन्टरमा कलाकारहरुको स्वास्थ्य जाँच समेत गरियो । कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, रेजिना उप्रेती, धीरेन शाक्य, दीपकराज गिरी, दीपाश्री निरौलासहित ५० जनाको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4