+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वार्षिक ४ करोड यात्रु आवागमन गराउने हमाद अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते २०:४८

२२ माघ, दोहा । कतारको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरूको आवागमन पुर्‍याउने लक्ष्य लिएको छ । खाडी राष्ट्रका लागि विश्वकप आयोजनाले प्रतिष्ठा बढाउन महत्त्वपूर्ण रहेको पर्यटन विभागले स्पष्ट पारेको छ ।

हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट सन् २०१९ मा कोरोनाभाइरस महामारीको हुनु अघि तीन करोड ९५ लाख यात्रुहरूको आवागमन भएको थियो।

पर्यटन मन्त्री तथा कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल-बकरले विमानस्थलमा विभिन्न किसिमका प्रतिबन्धले यात्रुहरूको उल्लेख्य आवागमनमा असर परेको बताएका छन् ।

‘यदि हामीसँग विभिन्न प्रतिबन्धात्मक असर नभएको भए निर्धारित लक्ष्य पार गर्ने थियौं,’ मन्त्री बकरले ज्वेलरी र वाच शो घोषणा गर्ने क्रममा पत्रकारहरूमाझ सो धारणा राखेका हुन् । कतारले अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्यका साथ नयाँ कार्यक्रमहरू घोषणा गरेको छ ।

‘यस विमानस्थलबाट भएको तीन करोड ९५ लाख यात्रुको आवागमनले म सन्तुष्ट छैन,’ मन्त्री बकरले भने,  ‘हामी आशा गरौँ यस वर्ष हामीले हमाद हुँदै जाने यात्रुहरूको सङ्ख्यामा रेकर्ड तोड्नेछौं ।’

कतारले यस विमानस्थलबाट वार्षिकरूपमा सात करोड यात्रुहरूको आवागन गराउन सक्ने गरी क्षमता विस्तार गर्दैछ। एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?