+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तराई र पहाडमा उच्च महँगी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १७:२८

२३ माघ, काठमाडौं । रुस-युक्रेन युद्धका कारण एक वर्षदेखि सुरु भएको बजारको महँगी चालु आर्थिक वर्ष २०७९/८० को छैटौं महिनामा पनि कायमै छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो ।

केन्द्रीय बैंककाअनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थ भन्दा सेवा तथा गैर खाद्य समूहमा मूल्य वृद्धि धेरै छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत छ ।

पुसमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

पुसमा काठमाडौं उपत्यकामा मुद्रास्फीति ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत रहेको छ । गत वर्ष पुसमा यी क्षेत्रहरुमा मुद्रास्फीति क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत थियो । पुस महिनामा तराईमा सबै भन्दा धेरै मुद्रास्फीति ७.४९ प्रतिशत रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?