+
+

कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १७:५७
फाइल तस्वीर ।

२४ माघ, काठमाडौं । ललितपुर जिल्ला सितोरियो कराते संघको आयोजना हुन लागेको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण बुधबारदेखि सुरु हुँदैछ ।

आयोजक डोजोले सात प्रदेश र तीन विभागीय टिमबीच हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

सातदोवाटोस्थित कराते एकेडेमीको हलमा हुने प्रतियोगितामा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कुमुतेतर्फ महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजीमूनि र ६८ केजीमाथि तौलसमूह तथा पुरुषको ५०, ५५, ६०, ६७, ७५, ८४ केजी र ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

कातातर्फ पुरुष र महिलाको एकल र टिम काता समावेश गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । टिम च्याम्पियनले १ लाख र दोस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?