+
+

बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १५:२३

२५ माघ, हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ ।

मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई `ख´ वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो ।

उटा एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

गएको वर्ष मन्त्रालयले ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सिमान्तकृत, लोपोन्मुखलगायतका स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकलाई स्वास्थ्य बीमा मार्फत सबैलाई स्वास्थ्यको पहुँचमा ल्याइने बताए ।

प्रदेश सरकार स्वास्थ्य अनुसन्धान परिषद् र प्रतिष्ठान गठन गर्ने तयारीमा रहेको उनले बताए । निशुल्क प्रदान गरिने औषधी अभाव हुन नदिने तथा सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार गम्भीर रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?