+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल प्रतियोगिता आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १३:४२

काठमाडौं । द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
टीबीसी स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको यस प्रतियोगितामा १६ वटा कलेजका टिमहरुको सहभागिता रहने कलेजले जनाएको छ ।

२६ फेब्रुअरीदेखि सुरु हुने प्रतियोगिताको विजेता टिमले ५० हजार र उपविजेता टिमले २५ हजार नगद पुरस्कार पाउने कलेजले जनाएको छ ।

ब्रिटिस कलेजकै बास्केटबल कोर्टमा हुने प्रतियोगिता लिग–कम नकआउट फर्म्याटमा खेलाइनेछ । उक्त प्रतिस्पर्धामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउनेछन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन् ।प्रतियोगितामा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्ने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?