२६ माघ, काठमाडौं । नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवैतर्फ जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
एकलतर्फ विष्णुले त्रिभुवन आर्मीका नरेन्द्र बमलाई २१–१०, १५–२१, २५–२३ को संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । यस्तै प्रिन्सले आर्मीका हिमाल चन्दमाथि २१–१४, २१–७ को जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् । यस्तै पुरुष युगलतर्फ पनि विष्णु र प्रिन्सको जोडीले सुनसरीका अनन्त राज तामाङ र प्रविन तामाङको जोडीलाई २१–९, २१–१० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।
सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सेनाका प्रफुल महर्जन र रुकेशको जोडी पनि एकल र युगल दुवै तर्फ जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भए । एकलतर्फ प्रफुलले एपीएफका क्षितीज खनाललाई २१–१४, २१–७ ले र रुकेशले एपिएफकै रोशन साउदलाई २१–१८, २१–१० ले पराजित गरे । यसैगरी महर्जन जोडीले सुनसरीका मुनाहाङ राई र सुनसरी ब्याडमिन्टन एकेडेमीका लाक्पा शेर्पाको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।
पुरुष एकल तर्फ क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा पुलिसका सुनिल जोशीले एपीएफका देवराज रानालाई २१–१२, २१–१२, पुलिसकै जीवन आचार्यले आर्मीका कवीर केसीलाई २१–११, ९–२१, २१–१९, एपिएफका अमन महर्जनले पुलिसका दीपक बोहरालाई १६–२१, २१–७, २१–१५, आर्मीका पविन लिनथेपले एपिएफका विजित थापा मगरलाई २१–१२, २१–१२ को समान अन्तरले पराजित गरे ।
पुरुष युगलतर्फ एपीएफका क्षितिज खनाल र प्रनिश सिंह ठकुरीको जोडीले इटहरी ब्याडमिन्टन क्लबका पूर्ण बुढा र सविन खनालको जोडीलाई २१–१०, २१–१४, पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीले बेलटार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी र केनिश मगरको जोडीलाई २१–१५, २१–१४, एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रदीप श्रेष्ठ र पवन राना मगरको जोडीलाई २१–१९, १८–२१, २१–१२, एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडीले संखुवासभाका निशान्त कटुवाल र पवन राना मगरको जोडीलाई २१–११, २१–१८, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जाडीले तेह्रथुमका महेश आचार्य र गोपाल लिम्बुको जोडीलाई २१–१३, २१–१०, आर्मीका हिमाल चन्द र कविर केसीको जोडीले सुनसरीका अनन्त राज तामाङ्ग र प्रविन तामाङ्गको जोडीलाई २१–९, २१–१० ले पराजित गर्दै क्वार्टरफाइनमा स्थान पक्का गरे ।
महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन रसिला महर्जन क्वाटरफाईनल प्रवेश गरेकी छिन् । सेनाकी रशिलाले ताप्लेजुङ्गकी भवानी देवी फेदेमलाई २१–२, २१–५ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेकी हुन् । यस्तै पुलिसकी निता लम्सालले क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा धनकुटाकी अरुण तामाङलाई २१–१४, २१–१२ ले पराजित गरिन् ।
एपीएफकी जेशिका गुरुङ कञ्चनपुरकी निलिमा महरालाई २१–९, २१–७, आर्मीकी प्राथना देउवा झापाकी अन्जना राईलाई २१–७, २१–९, एपीएफकी सुनयना मुखिया आर्मीकी विष्णा विष्टलाई २१–८, २१–१४, कस्तुरी कलेजकी सिमा राजवंशी आर्मीकी अनुमाया राईलाई २१–१३, २१–१५, एपिएफकी शोभा गौचन कैलालीकी एलिना सुनारलाई २१–१९, २१–१३ र आर्मीकी अमिता गिरी सर्लाहीकी निकिता लामालाई २१–११, २१–१७ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।
इटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतिस्पर्धाको छात्र एकल तर्फको खेलमा यु –११ तर्फ नेपाल पुलिस स्कुल काभ्रेका नवदीप राई, आर्मीका दीप थिङ, खोटाङ्गका संयोग धमला, सप्तरीका अभिनाष शाह, भोजपुरका तयाबुङ राई, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की र सप्तरीका संगम राउतले पनि अन्तिम ८ मा स्थान बनाए । यस्तै छात्रा तर्फ सुनसरीका आयुषा निरौला र रिश्ता रावल, भोजपुरकी नदिरा तामाङले पनि जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।
छात्र यु –१३ तर्फ आर्मीका सुदेश राजकोटी, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ, एपीएफका आरुष शिम्खडा पनि जित हात पार्दै क्वार्टरफाइनल प्रवेश गरे । यसैगरि कैलालीका आदित्य चौधरी, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, आर्मीका रिजन मगर र दीप थिङ, तनहुका सफल भुजेल पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरे ।
छात्रा तर्फ भोजपुरकी उपमा खड्का, सेनाकी समृद्धि श्रेष्ठ, बेलटार ब्याडमिन्टन एकेडेमीकी दिभ्या राई, सेनाकी अजरेन्का शेरचन, कास्कीकी निभा राई, बेलटार ब्याडमिन्टन एकेडेमीकी निताशा राईका मगर र सेनाकी टिशा रानी शाक्यले पनि क्वार्टरफाइनलमा स्थान पक्का गरे ।
 
                    










 २०७९ माघ  २६ गते २०:१५
                        २०७९ माघ  २६ गते २०:१५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4