+
+

कैलालीमा बाघको छालासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १४:२१

१ फागुन, धनगढी । कैलालीमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कबाट ३ फिट लम्बाई र ५ ईन्च चौडाई भएको बाघको छालासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले अछामको चौरपाटी गाउँपालिका-५ का १८ वर्षीय सुवाश बोहरा र १७ वर्षीउ सुनिल बोहरालाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।

दुवै जनालाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?