+
+

ट्राफिक नियमविरुद्ध यातायात मजदुर सडकमा, सडकमै बस तेर्स्याएर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १६:४४
बालाजु चोकमा प्रदर्शन गर्दै यातायात मजदुर

१ फागुन, काठमाडौं । ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । केहीबेर अघिदेखि उनीहरु सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अबरुद्ध गरेका हुन् ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ ।

प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ । ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको र अहिले खुलाउने प्रयास जारी रहेको वृत्तका प्रहरी सहायक निरीक्षक गंगाप्रसाद पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?